नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा के-के भयो छलफल ?

नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा के-के भयो छलफल ?


नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्र मन्त्री एनपी साउदको अध्यक्षता तथा श्रीलंकाका परराष्ट्र मन्त्री अली साब्रीको सह अध्यक्षतामा काठमाडौंमा बैठक सम्पन्न भएको हो । 

बैठकमा नेपालको तर्फबाट मन्त्री साउद,परराष्ट्र सचिव, श्रीलंकाका लागि नेपाली राजदूत, वाणिज्य, गृह र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा श्रीलंकाको प्रतिनिधिमण्डलमा मन्त्री साब्री, काठमाडौंस्थित श्रीलङ्काका राजदूत र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागि भएका थिए । 

बैठकमा दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने, हवाइ उडान विस्तार गर्ने, संस्कृति, पर्यटन र शिक्षा आदानप्रदान, सार्क र बिमस्टेक प्रक्रियालाई सुदृढ गर्ने लगायत क्षेत्रीय सहयोग र बहुपक्षीय फोरमहरूमा सहकार्य गर्ने एजेण्डामा छलफल बैठकपछि पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री साउदले बताए । 

छलफलका क्रममा मन्त्रीहरुले काठमाडौं–कोलम्बो हवाई सम्पर्कको सुरुवात उत्साहजनक रहेको र कोलम्बो र लुम्बिनीबीच हवाई सम्पर्कको सम्भावनाबारे छलफल भएको उनले बताए । उनले भने, ‘बैठकमा द्धिपक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, शिक्षा, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसन जस्ता कुरामा छलफल भएको छ ।’ 

सार्क र बिमस्टेकलाई आउँदा दिनहरुमा थप बलियो बनाउँदै लैजानेबारे पनि छलफल भएको मन्त्री साउदले बताए । 

Logo