बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ । 

आज बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । साथै कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । 

भेटमा आसन्न राष्ट्रियसभा निर्वाचन, संक्रमणकालीन न्यायसम्बन्धी विषयसहित देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ ।  

Logo