विद्युत प्राधिकरणसँग असन्तुष्ट महासंघः उद्योगीलाई बदनाम गराउने काम सैह्य नहुने चेतावनी

विद्युत प्राधिकरणसँग असन्तुष्ट महासंघः उद्योगीलाई बदनाम गराउने काम सैह्य नहुने चेतावनी


नेपाल उद्योग वाणिज्य महासंघले लोकप्रियताका लागि उद्योगी व्यवसायीको बदनाम गर्ने काम गरेको भन्दै नेपाल विद्युत प्राधिकरणमाथि असन्तुष्टि जनाएको छ । 

प्राधिकरणले बिजुलीको बक्यौता रकम नतिरेको उद्योगको डेडिकेटेड र ट्रंक लाइन काट्न थालेपछि बसेको महासंघको आकस्मिक बैठकले उद्योगीहरुलाई बदनाम गराउने काम सैह्य नहुने चेतावनी दिएकाे हाे । उद्योगहरुलाई टीओडी मिटर नेदेखाई प्राधिकरण नेतृत्वले लोकप्रीयताका लागि जथाभावी बिल पठाउने, मिडियाबाजी गर्ने, उद्योगी व्यवसायीको बद्नाम गर्ने काम गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले  प्राधिकरणलाई टीओडी मिटरमा उद्योगले अतिरिक्त बिजुली खपत गरेको प्रमाण देखाउन समेत चुनौती दिएका छन् ।

प्राधिकरणले बिजुलीको बक्यौता रकम नदिएको अभियोगमा शुक्रबार चार उद्योगको डेडिकेटेड र ट्रंक लाइनको बिजुली काटेको थियो । जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । यी उद्योगहरूबाट कूल ८ अर्ब रुपैयाँभन्दा धेरैको बिजुली बिल तिर्न बाँकी रहेको प्राधिकरण स्रोत बताउँछ ।

Logo