केएमसि पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला सम्पन्न

केएमसि पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला सम्पन्न


केएमसि बागबजारमा प्लस टु अध्ययन गरेका करिब २०हजार बढि संगठित सदस्य भएको केएमसि पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला औपचारिक र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। 

मुटुरोग विशेषज्ञ एवं लेखक डा.ओम मूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा.अच्युत शाली घिमिरेको सभापतित्वमा उक्त कार्यक्रम  सम्पन्न भएकाे हाे। 

उक्त भेलामा विभिन्न क्षेत्रमा आफ्नो भूमिकालाई मजबुद बनाएका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो। देशमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी बक्ताहरुले केएमसिले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरुलाई ताजा बनाएर मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा.अनिलले सम्बन्धहरुसँग जोड्दै किन युवाहरु देशमा नै बसेर कार्य गर्न उत्प्रेरित हुनुपर्छ भन्ने धारणा राखेका थिए।यस्तै याे संस्थाले सुनिता डंगोल, सागर ढकाल लगायतका राजनीतिक वृत्तका सुनौला खेलाडीहरुलाई पहिलो भेलामा सम्मान गरिसकेको छ। 

Logo