#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व656864438795930114213169264
नेपाल230092013278

५ छोटा कविता

केही टुक्राहरू

 फरक
रिल लाइफ र रियल लाइफमा
एक थोक मात्र फरक हुँदो रहेछ
दुःख, दुघर्टना र दयाको याचना गर्दा
रियल लाइफमा मानिस नितान्त एक्लो हुँदो रहेछ ।

देश
जसको देश हुन्छ
उसले पिर, दुखाइ र स्वाभीमान लुकाउने ठाउँ पाउँछ
जसको देश हुँदैन
उसले पिर, दुखाइ र स्वाभीमान छिपाउने दुलो पनि पाउँदैन ।

 फरक
जनावर र मान्छेमा फरक यति छ कि
मानिस पहिले मिल्छन् र पछि लड्छन्
जनावर पहिले लड्छन् र पछि मिल्छन्
मान्छे तैँ भन को बढी बुद्धिमान् ?

 परिभाषा
बूढो भए पछि मानिस
रिसाउने मात्रै गर्छ
किनकि जीवनभर उसले आफ्नै हाँसो निखारी सक्छ ।

 मिर्मिरे
यहाँ उज्यालो बोलाउने नै निदाएपछि
सम्मानित अगुवाले नै बाटो बिराएपछि
भन ए ! अन्धकारका वीर शत्रुहरू हो
अब मनहरूले कसरी मिर्मिरे अन्माउने ?

Email : espeshal2023@gmail.com

सम्बन्धित समाचारहरु

ताजा समाचार