‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने

‘लक्की फिल्मी अवार्ड’ को दोस्रो संस्करण आगामी असार ८ मा हुने


सबै खाले कार्यक्रमको एउटै आधार लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण आगामी असार ८ गते हुने भएको छ।

मिडियाका महाप्रबन्धक हरि कार्की लक्कीले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड २०८१ असार ८ गते गरिने जानकारी दिए।

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ लक्की फिल्मी अवार्डको दोस्रो संस्करण गर्न लागिएको कार्कीको भनाइ छ।

मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो। अवार्डको कार्यक्रममा २४ विधामा कलाकारलाई सम्मान गर्ने कार्कीले बताए।

‘लक्की फिल्मी अवार्डको पहिलो संस्करण केही समय अघि सफलताका साथ सम्पन्न गर्न पाउँदा हामी उत्साहित भएका छौँ’ उनले भने, ‘दोस्रो संस्करण असार ८ गते गर्ने गरी हामी तयारीमा जुटेका छौँ।’ 

चितवनको इतिहासमा नै लक्की मिडिया हाउसले पहिलो पटक फिल्मी अवार्ड गरेको उनले बताए। अवार्डका दोस्रो संस्करणका लागि आयोजकले प्रचार–प्रसार र अन्तरक्रिया कार्यक्रमलाई तीव्र बनाएको उनले  बताए।

विभिन्न जिल्लामा गएर अवार्डमा सहभागी हुनका लागि निमन्त्रणा दिने, अन्तरक्रिया गर्ने र भेटघाटका कार्यक्रम अघि बढाइने कार्कीले जानकारी दिए।

वि.सं २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रर्वद्धननका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।

Skip This
Logo