#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1136721953280444055396428876
नेपाल154913490426415

डोटी बस दुर्घटना: मृतक सबै एउटै गाउँका

धनगढी, २ कात्तिक । डोटी बस दुर्घटनामा परेर एउटै गाउँका तीनजनाको मृत्यु भएको छ । 

बर्छेनबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नंको बस आज दुर्घटना हुँदा बड्डीकेदार गाउँपालिका–४ का ३५ वर्षीया मीनादेवी पुनमगर, ४५ वर्षीय जगदीश चन्द तथा लोकेन्द्र जेठाराकी तीन वर्षीया छोरी पुष्पा जेठाराको मृत्यु भएको घटनास्थलमा उद्धारमा खटेका ट्राफिक प्रहरी कृष्ण भण्डारीले जानकारी दिए । 

बस सडकबाट झण्डै १०० मिटर तल खस्दा १३ पुरुष, चार महिला तथा चार बालबालिका घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय बिपी नगर, ट्राफिक प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । घाइतेलाई प्रहरीले उपचारका लागि धनगढीतर्फ ल्याउँदै छ । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार