५ दिनपछि फेरि भूकम्पको धक्का

५ दिनपछि फेरि भूकम्पको धक्का


काठमाडौँ । मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको लामाबगर केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरूमा महशुस गरिएको छ ।

यस अघि गत जेठ २९ गते ओखलढुंगाको पोकली केन्द्र भएर ३.३ रेक्टरको भूकम्प महशुस गरिएको थियो । त्यसअघि जेठ १७ गते धादिङ् केन्द्र भएर ४.८ रेक्टरको भूकम्प गएको थियो ।

Skip This
Logo