‘आइएसएमटी कार्निभल २०२३’ सम्पन्न, विद्यार्थीहरुले देखाए आफ्ना प्रतिभा

‘आइएसएमटी कार्निभल २०२३’ सम्पन्न, विद्यार्थीहरुले देखाए आफ्ना प्रतिभा


काठमाडौंको तीनकुनेस्थित आइएसएमटी कलेजका ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम)मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयाेजित ‘आइएसएमटी कार्निभल २०२३’ सम्पन्न भएकाे छ । कलेजका बीएचएम दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाईअन्तर्गत बिहीबार कार्निभलको आयोजना गरेका हुन् । 

कलेजको प्राङ्गणमा आयोजना गरिएको कार्निभलमा विद्यार्थीहरुले मनोरञ्जनात्मक कार्यक्रमका साथै विभिन्न परिकारका स्टलहरु राखेका थिए । विद्यार्थीहरुले स्टेज कार्यक्रमअन्तर्गत, गीत, संगीत, साहित्य लगायतका विधाबाट आफ्ना प्रतिभा देखाएका थिए । साथै परिकारका स्टलहरुमा नेपालीपन झल्कने परिकारका साथै विदेशी परिकारहरु पनि राखिएको थियो ।

विद्यार्थीहरुको नेतृत्वमा कार्निभलको आयोजना गरिरहँदा यसबाट उनीहरुको व्यक्तित्व विकासका साथै, रोजगार, व्यवसायमा सहयोग पु-याउने अपेक्षा कलेजले लिएको छ ।

विद्यार्थीहरुको नेतृत्वमा कार्निभलको आयोजना गरिरहँदा यसबाट उनीहरुको व्यक्तित्व विकासका साथै, रोजगार, व्यवसायमा सहयोग पु-याउने अपेक्षा कलेजले लिएको छ । कलेजका विजनेस डेभलपमेन्ट हेड बासुदेव वस्ती भन्छन्, ‘विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षा मात्र नभई व्यवसायिक शिक्षाको पनि आवश्यक पर्छ । हाम्रो उदेश्य विद्यार्थीहरुलाई पास गराउनु मात्र नभई उनीहरुलाई योग्य बनाउनु पनि हो ।’

कार्निभलको आयोजना गर्दा आफूहरुले धेरै व्यवहारिक कुरा सिक्न पाएको विद्यार्थीहरु बताउँछन् । उनीहरु भन्छन्, ‘हामीले कार्निभलको आयोजना गरिरहँदा, मार्केटको बारेमा धेरै कुरा सिक्न पायौं, स्पोन्सरहरुसँग कसरी डिल गर्ने, समूहमा मिलेर कसरी काम गर्न सकिन्छ ? कार्यक्रमका लागि आवश्यक सहयोग जुटाउने कलाकारहरु बोलाउने लगायतका व्यवस्थापन गरिरहँदा धेरै कुरा सिक्ने अवसर पाएका छौँ । यसले हाम्रो करियरमा सहयोग पु-याउने छ । हामीलाई कार्निभलको लागि प्रोत्साहन र सहयोग गरेकोमा कलेजप्रति आभारी छौँ ।’ 

बीएचएममा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाइअन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा कलेजका शिक्षक-शिक्षिका, विद्यार्थी, उनका अभिभावकहरुकाे बाक्लो सहभागिता रहेको थियो । बीएचएममा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाइअन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएका छन् । बीबीए, बीएचएम,  बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिकलगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यस वर्षदेखि एमबीए, एमबीए आइटी पनि थप गरेको कलेजले जनाएको छ । 

Logo