मन्त्री ज्वालाको गाडीमा आगजनी गराउने पाँच जना पक्राउ

मन्त्री ज्वालाको गाडीमा आगजनी गराउने पाँच जना पक्राउ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । 

उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु-याएको छ ।” 

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारीमा प्रदर्शनकारीले रोकेर घेरा हालेपछि मन्त्री र पीएसओ गाडीबाट निस्किएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटेर उनीहरुले गाडीमा आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि अहिले प्रहरीले प्रदर्शनकारीलाई तितरवितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । 

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । 

Logo