सूर्यज्योति लाइफको छवि नै धमिल्याउने एक घटनाः बीमित परिवारको आत्मदाह गर्ने चेतावनीमा प्राधिकरण मौन

सूर्यज्योति लाइफको छवि नै धमिल्याउने एक घटनाः बीमित परिवारको आत्मदाह गर्ने चेतावनीमा प्राधिकरण मौन


जीवन बीमा कम्पनीहरूमध्ये पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको छवि नै धमिल्याउने एक घटना बाहिरिएकाे छ । कम्पनीका सिईओ प्रकाश बिक्रम खत्रीको अनैतिक व्यापारिक रणनीतिका कारण एक बीमितले परिवारसहित आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै नेपाल बीमा प्राधिकरणमा लिखित उजुरी दर्ता गराएको तथ्य प्राप्त भएको हो । 

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाललाई सम्बोधन गरी २०७९ साल फागुनमा लिखित रुपमा दर्ता गरेको उजुरीमा काठमाडौंका घिमिरे थरका एक पीडित परिवारले सूर्यज्योति लाइफका सिईओ खत्री र उनका बीमा एजेन्ट दिलिप बिष्टका कारण आफू परिवारसहित सामूहिक आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै रोदन र चित्कार व्यक्त गरेको कुरा बाहिरिएको हो । झुक्याएर र जबरजस्ती एक करोड रुपैयाँको बीमा गराएकोले उक्त बीमा पोलिसी रद्द गराउन हारगुहार गरेका पीडितलाई उल्टै ज्योति विकास बैंकमा बीमा पोलिसी धितो राखेर ऋण निकालेर थप ऋणको भारमा पारेको उनीहरुको गुनासो छ ।  

‘मलाई रोडमा जुन काम भयो, यो अध्यक्षज्यू भन्दा अरुबाट समाधान हुँदैन भन्ने विश्वासका साथ मर्नुअघि मेरो र श्रीमति र मैले तपाईंसम्म कुरा राखेर मात्र पारिवारीक आत्मदाह गर्ने निधो गरेका छौं’ उजुरीमा उल्लेख छ । 

घटनाक्रम अनुसार अम्बिका तिमल्सिना नाम गरेको व्यक्ति र तत्कालिन ज्योति लाइफका बीमा अभिकर्ता दिलिप बिष्टको मिलेमतोमा पैसा नहाली एक करोड रुपैयाँको बीमा गराउने सम्बन्धमा छलफल हुन्छ । त्यस लगत्तै खनाल थरका ज्योति लाइफका प्रदेश प्रमुखसँग पनि भेटघाट गराइन्छ । त्यसपछि एक करोड रुपैयाँको बीमा गरिदिने, सो बीमा गर्ने पैसा बीमा अभिकर्ता बिष्ट र अम्बिका तिमल्सिनाले मिलेर हालिदिने कुरा हुन्छ । सो अनुसार अम्बिका तिमल्सिनाले ७५ लाख रुपैयाँ जम्मा गरेको र २५ लाख रुपैयाँ आफूलाई खोज्न दवाव दिएको पीडितले आफ्नो उजुरीमा उल्लेख गरेका छन् । पीडित घिमिरेले आफूसँग २५ लाख रुपैयाँ नभएको र एफडि बीमा पोलिसी पनि आवश्यक नभएको भनेर पटक पटक आग्रह गर्दा पनि बीमा अभिकर्ताहरुले बीमालेख आइसकेको र अब फिर्ता नहुने भन्दै बलजफ्तीपूर्वक रकम हाल्न लगाएको खुलेको छ ।

प्राधिकरणमा दर्ता भएकाे  उजुरी पत्र-

 

नेपाल बीमा प्राधिकरणमा सो विषयमा छलफल समेत भएको र झुक्याएर बीमा गरिएको विषयमा पटकपटक पीडित पक्ष घिमिरे र बीमा कम्पनी सूर्यज्योति लाइफका बीचमा वार्ता भएपनि पीडितले न्याय पाउन सकेका छैनन् । 

Logo