साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे

साताकाे पहिलाे काराेवार दिन आज सुनको मूल्य घट्याे


साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनकाे मूल्य २ सय रूपैयाँले घटेकाे छ।  

शुक्रबार १ लाख २० हजार ७ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख २० हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। तेजाबी सुन १ लाख १९ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। शक्रबार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरेहकाे छ। 

Logo