#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31231209965063744388822822258
नेपाल641224111747846233

औषधि किनेर फर्केकालाई प्रहरीले कुटे (भिडिओ)

लकडाउनको आज २४ औं दिन।  सरकारले लकडाउन थप कडाइ गर्ने बताउंदै आएको छ ।

तर, तरकारी बजार, साँझ बिहान र भित्रि गल्लीहरूमा लकडाउन खासै लागू भएको देखिदैन। तर मुख्य सडकहरूमा भने प्रहरीहरूले मानवता नै बिर्सेर भाटा बर्साइरहेका छन्।  बुधबार राति महाराजगंज टिचिंङ् हस्पिटलमा ड्युटी सकेर घर फर्किरहेका चिकित्सकहरू माथि कुटपिट भएको थियो। यो घटनाको बिहिबार दिनभर चर्को बिरोध भयो।

तर बिहिबार साँझ नै प्रहरीले कलंकी चोकमा आफ्नो बल प्रयोग गर्न छोडेन।  हातमा औषधिको झोला देख्दा देख्दै र औषधिको बिल देखाउछु भन्दा भन्दै पनि प्रहरीले कुरै नसुनी लाठी बर्साएको भिडीओमा देखिन्छ।  प्रहरीले टाउकोमा लाठी बर्साउदा उक्त लाठी नै भाञ्चिएको छ। त्यस पश्चात प्रहरीले तीन जनालाई पक्राउ गरेको हेल्थपाटीका पत्रकार जग्गनाथ ढकालले बताएका छन्।

भिडिओ भाइरल भएपछि अहिले सामाजिक संजालमा प्रहरीको चर्को आलोचना भइरहेको छ । प्रहरीले संयमता गुमाउँदा परिस्थिति बिग्रिन सक्ने भन्दै घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग भइरहेको छ।

 

भिडिओ स्रोत : हेल्थपाटी

सम्बन्धित समाचारहरु

ताजा समाचार