#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व575545635573129242172475508
नेपाल8864699183

लकडाउनमा हाम्रो भूमिका

नेपाल जस्तो देशमा यत्तिका दिनसम्म लकडाउन नियन्त्रणमा राख्नु ठुलै सफलता हो । यसर्थमा केही छिटफुट घटना चिकित्सक माथिको आक्रमण र कलंकी घटना बाहेक गृह मन्त्रालयबाट तुलनात्मक रुपमा राम्रो काम भएको देखिन्छ । तर सामाजिक संजालमा घर जान हिडेका बटुवाका बिषयमा जुन प्रकारले बहश छेडिएको छ, लकडाउन उल्लंघनका हिसाबले तीनीहरुमाथि कारबाही नहुनु चाहीं सुखद पक्ष हो ।

ब्यक्तिगत रुपमा यस लेखमा कसैप्रति पूर्वाग्रह हुनुपर्ने कुनै कारण छैन, यो पूर्वाग्रह होइन । यसको मतलब सरकारले राम्रो गरिरहेछ भन्न खोजिएको पनि होइन । घर जान हिडेका बटुवाहरुका हृदयबिदारक दृष्यले मलाई पनि सम्बेदनशील बनाएकै छ । यो समस्याको समाधानका लागि मैले पनि सामाजिक संजालमार्फत समाजका अगुवाहरु जसले सामाजिक संजालमा बिरोधका स्वर उरालेको पाएँ वहाँहरुलाई सुझावका रुपमा अनुरोध गरेकै हो ।

समाजका राम्रा नराम्रा कुरामा बहश हुनु आवश्यक छ । तर पूर्वाग्रही हुनु हुदैन । मेरो बिचारमा हरेक बहश र मुद्दामा सहि र गलत छुट्याउनु आवश्यक छ । विश्लेषण आवश्यक छ पक्ष बिपक्षको लागी अदालती बहश गरिएको जस्तो परिपाटीले लक्ष्य प्राप्त नहोला ।

जसरी तपाईंहरुले सम्बेदनशील भएर प्रतिक्रिया ब्यक्त गरिरहनु भएको छ मेरो चासो पनि त्यहि नै हो । नागरिकले दुःख पाउनु हुदैन । समस्या मात्रै सबैले देखाउन सक्छन् समाधान कमले मात्र गर्छन् । यसका लागि सामाजिक सुपरिचित अगुवा ब्यक्तिहरुले आह्वान गरिदिनु भयो भने उदार मन भएका मित्रहरुले साथ र सहयोग पक्कै पनि गर्नुहोला र यी आवाज बिहिन भनिएका तर अटेरी जमातले (जसले लकडाउनको पर्वाह नगरी लामो यात्राको दुस्साहस गरे) सायद राहतको महशुस गर्लान् कि ?

यतिबेला सामान्य परिस्थिती होइन भन्ने कुरा यहाँहरु लगायत हामी सबैलाई थाहा छ । यो बेलामा हामी सबैले संयमित भएर यो महामारीमाथि बिजय प्राप्त गर्नु जरुरी छ । सरकार, प्रतिपक्ष, नागरिक समाज सबैको साझा दायित्व पनि हो । सामाजिक संजालमा लेखेको भरमा समाज प्रति ठूलो दायित्व निभाएँ भन्ठान्ने म जस्ता समूहको पनि कमी छैन , तर सहि समाधानका लागि यथोचित काम गर्ने वास्तविक समाजसेवी हरुको चाहीं कमी नै छ ।

रवि लामिछानेले बिदेशबाट समेत नागरिकको उद्वार गर्दा उहाँलाई सपुत, भगवान वा देवत्वकरण गर्ने समूह पनि नभएको होइन हाम्रो समाजमा । त्यो क्षेत्रमा अर्को एकजना सक्रिय र सक्षम मानिस जसलाई समाजले पनि पत्याएको छ, गगन थापा रबिन्द्र मिश्र जस्ता मानिसले यतिबेला सामाजिक संजालमा कराउने होइन । वास्तविक जनसेवा गर्ने हो भने एउटा गाडी भाडामा लिने ती अलपत्र परेकाहरुलाई यथास्थानमा पुर्याइदिने । यति गर्न सक्ने हो भने राजनीतिमा यसको ब्याज उहाँहरुले धेरैबर्ष पछिसम्म पनि खाइरहन पाउनु हुनेछ ।

सरकारले राम्रो गरिरहेको छ भनेर तारिफ गरिरहनु आवश्यक छैन । हामी प्रत्येक पटक चुनावमा उठेका मध्ये राम्रोलाई नै छान्यौं भन्ठान्छौं । तर इतिहासदेखि बर्तमानसम्म नतिजा चाहीं के देखिन्छ भने परिवर्तन देशको हुनुपर्ने विकास देशको हुनु पर्ने हो, केवल नेताको परिवर्तन र विकास भयो । अनि हामीलाई देशको हालखबरले सधैं निराश बनायो ।

जनतासँग पनि अनुशासन भन्ने कुरो त हुनु पर्ला नि । सरकारले घरबाट बाहिर ननिस्कनु भनेर हामी सबै नागरिकको स्वास्थ्यको लागी बिचार गरेरै भनेको होला । घरबाट बाहिर निस्किने बेलामा सरकार नचाहिनेहरुका लागि बाटोमा दुःख पाएपछि सरकारले हेरेन भनेर गरेको रोइलो पनि उचित नहोला कि ?

किर्तिपुर घटनामा कुनै घरमा भाडामा बसेकी गर्भवती महिला घरबाट फर्किदा घरधनिले क्वारेनटाइनमा पठाएको घटनालाई नागरिककर्मीले घरबाट निकाला शीर्षक राखेर समाचार प्रकाशित गरिदिएपछिको परिस्थिति नै अर्कै भईदियो । प्रेस काउन्सिल विज्ञप्ति नै निकाल्नु पर्यो । हामी आफैंले पनि परिस्थितिलाई राम्रोसँग बुझ्नुपर्छ कि यतिबेला असामान्य र महामारीको स्थिति हो भनेर ।

महामारीले भोलि तपाईंलाई मलाई या अरु कसैलाई बाँकी राख्ला नराख्ला यतिबेला केवल संयमित बनौं, घरमै बसौं कोरोनाको महामारीबाट जोगियौं । गलत सूचनाले भन्दा पनि मानिसलाई मानसिकताले छिटो प्रभाव पार्दछ । सरकारसँग सहमति वा बिमति आफ्नो ठाउँमा होलान् समस्या सबैलाई परेको छ । समग्रमा १० प्रतिशत जनतालाई लकडाउनले समस्या नपार्ला ९० प्रतिशत जनताहरुको जीवन कष्टकर नै छ । तर पनि यतिबेला निराशाको गीत गाउने बेला होइन ।

माओवादी द्वन्द्वको बेलामा १ दिन नेपालबन्द हुँदा मुलुकलाई अर्बौंको नोक्सानी हुन्थ्यो भनिन्थ्यो । निश्चितरुपमा यति लामो संक्रमणका अवधि एवं लकडाउनका कारण मुलुकको अर्थव्यवस्था खर्बौं रुपैयाँले घटेको छ । सरकारलाई प्राप्त हुने राजश्व , बिदेशबाट आउने रेमिट्यान्स स्वाट्टै घट्ने भयो जस्ता कुराहरु माओवादी द्वन्द्व लगायत नाकाबन्दी र भूकम्पमा हामीले पटक पटक बेहोरिसकेका छौं । पार लगाउँदै अगाडी बढिरहेका छौं । यस्तो बिषम परिस्थितिमा हामीले एकअर्काप्रति राजनीतिक दाउपेंच गरिरहनु भन्दा सकारात्मक सोचको विकास गर्नु श्रेयस्कर हुन्छ ।

बाटोमा अलपत्र परेका भनिएका अटेरीहरुको जमातले जुन दुःख पाइरहेका छन् त्यसमा सहानुभूतिपूर्वक वकालत गरिरहँदा कोरोना महामारीका कारण नागरिकको स्वास्थ्यको ख्याल गर्दै गरिएको लकडाउनका कारण छिमेकी मुलुक तथा बिश्वको जस्तो भयावह स्थिति नेपालले हालसम्म सामना गर्न नपर्नुलाई सामान्य रुपमा लिनु हुन्छ जस्तो लाग्दैन । यतिबेला बिश्वका महाशक्ति राष्ट्रहरुको परिणाम हेर्ने हो भने नेपाल जस्तो साधन श्रोतबिहिन राष्ट्रले अप्रिय घटनाको सामना गर्न नपर्नुलाई हाम्रो सौभाग्यको रुपमा हेर्दा पनि फरक चाहीं पर्दैन ।

नेपाल सरकारको कोरोना कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भइसकेकोले त्यही रकम परिचालित गरि हरेक ठाउँमा अलपत्र अवस्थामा रहेकाहरुको अबिलम्ब उचित ब्यवस्थापन गरियोस् वा सुरक्षित रुपमा यथास्थानमा पुर्याउने काम गरियोस् , र जग हँसाइको क्रम रोकियोस् ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार