सलाहल चम्किँदा लिभरपुलको सानदार जित

सलाहल चम्किँदा लिभरपुलको सानदार जित


इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ। सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४-२ गोल अन्तरकाने शानदार जित निकालेको हो। 

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक एक गोल थपेका थिए।

न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक  र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन्।

४९ औँ मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। अलेक्जेन्डर आइज्याकले ५४ औँ मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १-१ को बराबरीमा ल्याएका थिए।

७४ औँ मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा  गोल गर्दै २-१ ले लिभरपुललाई अघि बढाएका थिए। ७८ औँ मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३-१ को अवस्थामा पुगेको थियो। ८१ औँ मिनेटमा सिन डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३-२ मा झारेका थिए।

तर, ८६ औँ मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४-२ को फराकिलो जित निकाल्न सफल भयो। जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अंकको अग्रता बनाएको छ।

लिभरपुलले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको  एस्टन भिल्लाको समान खेलबाट ४२ अंक रहेको छ। लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौं स्थानमा छ।

Logo