प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा

प्रकाश सपूतले ल्याए नयाँ गीत ‘मुटु कटक्कै’, २४ घन्टा नबित्दै युट्युब ट्रेन्डिङमा


गायक प्रकाश सपूतले ‘मुटु कटक्कै’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ। स्वरमा उनलाई प्रताप दास र कुशल बेलबासेले साथ दिएका छन्। 

प्रकाश स्वयंले निर्देशन गरेको म्युजिक भिडियोमा उनीसहित कुसुम शर्मा, रोश्नी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, प्रखर सपुत, विशाल घिमिरे, मिलन विश्वकर्मालाई देख्न सकिन्छ। गीतमा चोखो माया नलगाएको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको व्यक्ति पनि नहुने भाव व्यक्त गरिएको छ। 

नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका छन्। प्रकाश सपूत युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले २४ घन्टा नबित्दै ५ लाख ३२ हजार बढी भिउज पाउँदै युट्युब ट्रेन्डिङको छैटौं स्थानमा आएको छ । 

 

Logo