बुधबार नेप्से २८ अंकले बढ्यो

बुधबार नेप्से २८ अंकले बढ्यो


सेयर बजार मापक नेप्से परिसूचक आज झन्डै २८ अंकले बढको छ । बुधबार नेप्से २७.९० अंकले बढेर २,०५८.०० को विन्दुमा पुगेको छ । 

आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो । जसमा २०९ कम्पनीले कमाउँदा ३० कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३.०८ प्रतिशतले बढेको छ ।

पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

Logo