प्रचण्डले ओलीलाई फेरि दिए धोका, बरहथवामा मारिएका युवाका परिवारलाई १० लाख दिने [भिडियाेसहित]

प्रचण्डले ओलीलाई फेरि दिए धोका, बरहथवामा मारिएका युवाका परिवारलाई १० लाख दिने [भिडियाेसहित]


राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बरहथवामा मारिएका साहका परिवारलाई दश लाख दिने निर्णय, गृहले बनायो छानबिन समिति

सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ।

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो। प्रदर्शनको क्रममा प्रहरी र स्थानीयबीच भएको झडपमा प्रहरीको गोलि लागेर उनको मृत्यु भएको हो। उक्त घटनाबारे गृह मन्त्रालयले गृह सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। 

गठबन्धनमा नेकपा एसले माग्यो राष्ट्रियसभा अध्यक्षसहित ५ सीट, उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई

नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ। गठबन्धनको शनिवारको बैठकमा नेकपा एसले राष्ट्रिय सभा अध्यक्षसहित ५ सीट माग गरेको हो। नेकपा एसको सचिवालय बैठकमा समेत यसबारेमा ब्रिफिङ भएको छ।

यस्तै उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई जिम्मा दिइएको छ । 

भारतीय विदेशमन्त्री जयशंकरसँग गठबन्धन सरकारले  षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको ईश्वर पोखरेलकाे आरोप 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा गठबन्धन सरकारले राष्ट्रको स्वाधिनतामा आँचपुग्ने कतिपय गोप्य र षड्यन्त्रपूर्ण ढंगले सम्झौता गरेको आरोप लगाएका छन्। उनले जयशंकरको भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दलसँग सरकारले कुनै प्रकारले छलफल नगरेकोप्रति तिक्तता पनि पोखे ।

पूर्वराजा ज्ञानेन्द्र शाह दुई हप्तादेखि भैरहवामा

दुई हप्तादेखि भैरहवामा आएर बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवल उपमहानगरपालिका वार्ड ७ मा रहेको नीलकण्ठ बाबाधाम मन्दिरमा पूजा गरेका छन्। पुस १ गतेबाट सुरु भएको शिव शक्ति (११ अतिरुद्री महायज्ञमा आज पूर्व राजाले पूजा गरेका हुन्। सो अवसरमा मन्दिर परिसरमा भेला भएका समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा लगाएका थिए।

जसपासँग ९५ लाख ६९ हजार नगद मौज्दात

जनता समाजवादी पार्टीसँग नगद मौज्दात ९५ लाख ६९ हजार २९९ रुपैयाँ रहेको छ। लेखा परीक्षणको प्रतिवेदन अनुसार राष्ट्रिय वाणिज्य बैंकमा ८० लाख ८८ हजार ७७३ रुपैयाँ र कृषि विकास बैंकमा १४ लाख ८० हजार ५२६ रुपैयाँ मौज्दात रहेको हो। बैंक मौज्दातसहित अन्य शीर्षकबाट आउने रकमसहित जसपासँग एक करोड ३२ लाख सात हजार ९०४ रुपैयाँ मौज्दात रहेको देखिन्छ। 

रास्वपाको ५६ वडामा वडा अधिवेशन शुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन शुरु भएको छ। रास्वपाले शनिबार ५६ वडाहरुमा प्रथम वडा अधिवेशन शुरु गरेको हो। कोशी प्रदेशको १८ वटा, बाग्मति प्रदेशको १० वटा, गण्डकी प्रदेशको १६ वटा, लुम्बीनी प्रदेशको ७ वटा र सुदुरपश्चिम प्रदेशको ५ वटा वडाहरुमा शनबिार अधिवेशन शुरु भएको   प्रवक्ता मुकुल ढकालले बताए। वडा अधिवेशनका लागि पार्टीका सदस्य खटाइएका छन्।

किरात समुदायले मनायाे उधौली पर्व 

किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्। मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायका मानिसहरूले आफ्नो कला संस्कृति झल्किने साकेला नाच प्रस्तुत गरेका थिए। किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ।

विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध छः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा दुई हजार आठ सय ५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन्। नेपाल उद्योग व्यापार महासङ्घको दोस्रो साधारणसभाको आज उद्घाटन गर्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल जडित क्षमता तीन हजार पाँच सय मेगावाट पुग्ने बताएका हुन्।

ऊर्जामन्त्री बस्नेतले २०७२ पछि मुलुकको ऊर्जा क्षेत्रले अपेक्षित प्रगति गरेको बताउँदै पछिल्लो एक वर्षमा पाँच सय मेगावाट बिजुली थप भएको र आगामी तीन महिनामा पाँच सय मेगावाट विद्युत थपिने उनले जानकारी दिए।

जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एकसयभन्दा बढी पुग्यो, २११ जना बेपत्ता

जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १०० पुगेको छ। भूकम्पमा परी इशिकावामा शनिबारसम्म २११ जना बेपत्ता भएको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन्। 

ब्राजिली लिजेन्ड जागालोको निधन

ब्राजिली फुटबल लिजेण्ड मारियो जागालोको निधन भएको छ। ब्राजिललाई चार पटक विश्वकप विजेता बनाएका मारियोको ९२ वर्षको उमेरमा निधन भएको हो।उनले खेलाडी र प्रशिक्षकको रुपमा ब्राजिललाई विश्वकप फुटबलको चार उपाधि जिताएका थिए।

जागालोले विङ्गर पोजिसनबाट सन् १९५८ र १९६२ को विश्वकपको फाइनल खेलमा सुरुवात गरेका थिए। जागालो खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप फुटबलको उपाधि जित्ने पहिलो प्रशिक्षक हुन्। 

Logo