४५ औँ वर्षमा प्रवेश गरे हाँस्यकलाकार जितु नेपाल

४५ औँ वर्षमा प्रवेश गरे हाँस्यकलाकार जितु नेपाल


काठमाडाैं । नेपालका चर्चित हाँस्यकलाकार जितु नेपाल उर्फ मुन्द्रेको आज जन्मदिन परेको छ । वि. सं. २०३२ असार १ गते सिन्धुपाल्चोकमा जन्मिएका उनी आजबाट ४५ वर्षमा लागेका छन् ।

‘ट्वाक्क–टुक्क’ नामक हाँस्य टेलिश्रृङ्खला मार्फत कला क्षेत्रमा प्रवेश गरे पनि उनलाई टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ ले धेरै उचाईमा पुर्‍यायो । उनी जिरे खुर्सानीबाट यती चर्चित भए कि उक्त टेलिश्रृङ्खलामा उनले निभाएको भुमिकाको नाम मुन्द्रे नै उनको उपनाम रहन गयो ।

जितुले वि. सं. २०५९ फागुन १३ गते मुना नेपालसँग मागी विहे गरेका थिए । हाल जितु र मुनाका दुइ सन्तान छोरी समृद्धि र छोरा सक्षम छन् ।

पछिल्लो समय जितु चर्चित टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’ मा  परिचित छन् ।

Logo