राष्ट्रिय सभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय सभा उम्मेदवार छनोटका लागि माओवादीको पदाधिकारी बैठक बस्दै


माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ। गठबन्धन दलहरूको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

शनिबार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो। तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ। 

Skip This
Logo