हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै

हिमालयन रिइन्स्योरेन्सको सेयर आजदेखि बजारमा कारोबार हुँदै


हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर आजबाट कारोबारमा आउँदैछ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीआजदेखि कारोबारमा आउन लागेको हो। 

यससँगै कम्पनीको आईपिओ पनि आजबाट सञ्चालनमा आउन लागेको छ। कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ। सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ। पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ। 

अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ। प्रिमियमसहित कम्पनीको आईपीओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो।

हिमालयन रिइन्स्योरेन्सले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले पुस ११ गते गरिएको थियो। 

Logo