सक्सेस एब्रोड स्टडीले मनायो १०औं वार्षिकोत्सव, सक्सेस अब बागबजारमा पनि

सक्सेस एब्रोड स्टडीले मनायो १०औं वार्षिकोत्सव, सक्सेस अब बागबजारमा पनि


उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुको लागि सहकार्य गर्दै आएकाे सक्सेस एब्रोड स्टडी १०औं वर्ष पूरा गरेर ११औं वर्षमा प्रवेश गरेको छ । विस्तारित रुपमा अघि बढ्न र अभिभावक र विद्यार्थीहरुलाई सेवा दिन सक्सेस एब्रोड स्टडीले मंगलबार बागबजारमा नयाँ कार्यालय भवनको उद्घाटन र १०औं वार्षिकोत्सव मनाएको हो । 

सक्सेस एब्रोड स्टडीको एक दशक लामो सफल यात्राको सेलिब्रेसन कार्यक्रममा प्रमुख अतिथिका रुपमा इक्यानका अध्यक्ष शेष राज भट्टराई र उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयु) लगायतका व्यक्तित्वहरु उपस्थित भएका थिए । 

सक्सेस एब्रोड स्टडीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईले एक दशकको यात्राका क्रममा आफूहरुले निकै कठिनाई, गल्ती र अपरिपक्वबाट सिक्दै परिपक्व संस्थाको रुपमा उभिन सफल भएको दाबी गरे । उनका अनुसार सुरुवाती दिनमा सक्सेसले जापानमा मात्र विद्यार्थीहरु पढ्न पठाउने गरेकामा अहिले भने विस्तार हुँदै अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियालगायत मुख्य शिक्षा आर्जन गर्न जाने राष्ट्रहरुमा विद्यार्थीहरुलाई पठाउने गरेको छ ।

एक दशकको यात्राको क्रममा विद्यार्थी र विद्यार्थीका अभिभावक दुबैतर्फबाट निकै सकारात्मक प्रतिक्रिया पाएको पनि प्रवन्ध निर्देशक हुमागाईंले बताए । 

प्रबन्ध निर्देशक भव नाथ हुमागाईले एक दशकको यात्राका क्रममा आफूहरुले निकै कठिनाई, गल्ती र अपरिपक्वबाट सिक्दै परिपक्व संस्थाको रुपमा उभिन सफल भएको दाबी गरे । 

सक्सेसको १० वर्षे सफल यात्रा र नयाँ कार्यालय भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित इक्यान अध्यक्ष शेष राज भट्टराईले सक्सेस एब्रोड स्टडीलाई बधाई तथा शुभकामना दिए । यसैगरी उनले सक्सेस एब्रोड स्टडी उच्च शिक्षाका लागि जापान जाने सबैभन्दा उत्कृष्ट संस्था भएको पनि बताए । 

यसैगरी सक्सेस एब्रोड स्टडीमै विगत २ वर्षदेखि म्यानेजर र कन्सल्टेन्टका रुपमा कार्यरत डोल थापामगरले विद्यार्थीहरुलाई एब्रोड पढ्नका लागि पठाइदिने मात्र नभएर सम्पूर्ण व्यवस्थापकीय कुराहरु पनि मिलाइदिने भएकाले विद्यार्थीहरुको रोजाईमा सक्सेस पर्न सफल भएको बताए । सक्सेस एब्रोड स्टडीबाटै उच्च शिक्षका लागि जापान जान लागेका विद्यार्थीहरुले आफूहरु आफ्नो दिदी र दाईबाट सक्सेसका बारेमा सुनेर र बुझेर आएको र आफूहरुले सोचे जस्तो नै माहोल पाएको बताए । 

Logo