नेपाली चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्न अनुबन्ध, निर्देशक छक्क !

नेपाली चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्न अनुबन्ध, निर्देशक छक्क !


नेपाली चलचित्र ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् ।

डर्न सन् १९७९ को चलचित्र ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका कलाकार हुन् । उनी अभिनीत चलचित्र ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए ।

निर्देशक पौडेलले ब्रुस जस्तो अभिनेतासँग काम गर्न पाउँदा आफू फिल्ममेकर बनेर राम्रो गरेको महसुस भएको बताएका छन् । ‘ब्रुसले अभिनय गर्न मान्दा एकछिन त विश्वास नै लागेको थिएन । एजेन्सी मार्फत स्क्रिप्ट पठाएका थियौँ, पढ्छन् जस्तो लागेको थिएन ।  उनलाई स्क्रिप्टले मन छोएछ । हामीले आर्थिक रूपमा उनलाई लिन नसक्ने अवस्थामा पनि हाम्रो प्रोजेक्टमा आए ।’ उनले भने । 

अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएयस्ट मेन’ राखिएको यस चलचित्रमा अमेरिकाको ओहायो–पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी–नेपाली शरणार्थीहरूको दुर्दशा र विस्थापनको लडाइँलाई देखाइनेछ । यो चलचित्रमा यसअघि नै दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् । साथै  दयाहाङ राई सहित जोयस पाण्डेय,अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्य लगायतले अभिनय गर्नेछन् ।  

Logo