सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच भयाे यस्ताे सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच भयाे यस्ताे सम्झौता


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रालिबीच बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्टसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुटसम्म दिइएको छ। 

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

Logo