रेनो इन्डियाले १५ भन्दा बढी सेक्युरिटी फिचरसहित रेनो क्विड, ट्राइबर र काइगर गर्‍याे लन्च

रेनो इन्डियाले १५ भन्दा बढी सेक्युरिटी फिचरसहित रेनो क्विड, ट्राइबर र काइगर गर्‍याे लन्च


रेनो इन्डियाले आफ्ना ३ लोकप्रिय कार क्विड, ट्राइबर र काइगर अपडेटसहित लन्च गरेको छ। नयाँ रेनो क्विडका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर दिइएको छ।

यसमा १४ वटा स्ट्याण्डर्ड सेफ्टी फिचर्स प्रदान गरिएको छ। सबै मोडल एप्पल कारप्ले र एन्ड्रोइड कनेक्टिभिटीको साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथ उपलब्ध छ। 

साथै ड्राइभर सिट आर्मरेष्ट, वायरलेस चार्जर, पीएम २.५ एयर फिल्टर, १२ भोल्ट पावर सोर्स, पावरेड ओआरभीएम, एलईडी क्याबिन ल्याम्प जस्ता फिचर उपलब्ध छ।

नयाँ रेनो क्विड ०.८ लिटर र १.० लिटर ३ सिलिन्डर पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। साथै, यो म्यानुअल र अटोमेटिक गियरबक्स दुवै विकल्पमा उपलब्ध छ।

साथै स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर सिट बेल्ट रिमाइन्डर, अटोफोल्ड ओआरभीएम र क्रुज कन्ट्रोललगायतका १५ सेफ्टी फिचर दिइएको छ। 

यसको आरएक्सटी भेरिएन्टमा रियर भ्यू क्यामेरा र रियर वाइपर उपलब्ध छ। जबकि, आरएक्सएल भेरिएन्टमा रियर एसीको साथमा एसी कन्ट्रोल उपलब्ध छ। कारमा १५ भन्दा बढी सेक्युरिटी फिचर पनि छ।

नयाँ २०२४ रेनो ट्राइबर ६ भेरिएन्टमा उपलब्ध छ। कारमा ड्राइभर सिट आर्मरेस्ट, पावरफोल्ड आउटसाइड रियर–भ्यू मिरर, ७ इन्चको टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर र वायरलेस चार्जिङ जस्ता फिचर समावेश छ। यसका सबै भेरिएन्टमा रियर सिट बेल्ट रिमाइन्डर फिचर उपलब्ध छ। 

Logo