आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा


सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ।  यस प्रदेशमा मनाइने भूवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। खासगरि बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भूवापर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ।

भूवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले पुस २६ देखि २८ गतेसम्म धनगढीस्थित रंगशालामा भूवाचाली खेल प्रतियोगिता पनि आयोजना गरेको छ।

Logo