एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न

एनएमबि बैंकको २८औं बार्षिक साधारण सभा सम्पन्न


एनएमबि बैंककाे २८औं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा बिहीबार राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा वार्षिक साधारण सभा सम्पन्न भएको हाे । 

सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रमबमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराइएको थियो ।

बैंकको २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड रूपैयाँ, निक्षेप २१३.०४ अर्ब रूपैयाँ र कर्जा १९७.४७ अर्ब रूपैयाँ रहेको छ । बैंककाे हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

Logo