मन्त्री गुरुङकाे गुनासो- प्राविधिक नै छैनन्, कसरी लागू गर्नु भवन संहिता ? [भिडियाे]

मन्त्री गुरुङकाे गुनासो- प्राविधिक नै छैनन्, कसरी लागू गर्नु भवन संहिता ? [भिडियाे]


सहरी विकासमन्त्री सिता गुरुङले प्राविधिक जनशक्तिको अभावका कारण मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता लागू गर्न नसकेको गुनासो गरेकी छिन् । 

शनिबार काठमाडौंमा आयोजित सुरक्षा दिवस तथा ‘विपद् प्रतिरोधी र भौतिक पूर्वाधारको गुणस्तर’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेर लागु गर्नका निम्ती ७ सय ५३ वटै पालिकामा पठाइसकेको भएपनि तल्लो तहमा प्राविधिक जनशक्तिको अभाव हुँदा लागु गर्न नसकेको बताइन् । 

उनले भनिन्,‘मन्त्रालयले राष्ट्रिय सहरी भवन संहिता निर्माण गरेको छ । लागू गर्न ७ सय ५३ वटै पालिकामा पठाइसकेको छौं । तर मापदण्डहरु प्रभावकारी लागु हुन सकेको छैन । किन भएन भनेर बुझ्दा तल्लो तहमा प्राविधिक नै छैन, कसरी लागु गर्नु भन्ने जवाफ आएको छ ।’

मन्त्री गुरुङले विभिन्न संरचनाहरु बनाउदै गर्दा त्यसले जलवायु परिवर्तनसँग पार्ने असरको अवस्थालाई पनि जोडेर हेर्न आवश्यक रहेको बताइन् । उनले भनिन्,‘हामीले बनाएको संरचनाले पनि हामीलाई नै समस्यामा परिरहेको छ । त्यसैले संरचना बनाउँदा जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ ।’  प्राविधिक क्षेत्रबाट मात्र दिगो विकासलाई प्रभावकारी बनाउन सकिने उनको भनाई छ । 

भिडियाे- https://fb.watch/px-km4Dorj/

Logo