पूर्वराज्यमन्त्री निषादको निधनमा दुःख व्यक्त

पूर्वराज्यमन्त्री निषादको निधनमा दुःख व्यक्त


काठमाडाैं । पूर्वसांसद मञ्च नेपालले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वराज्यमन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी यही जेठ २७ गते निधन भएका निषादप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।
नेता निषादले विसं २०७० मा पर्सा जिल्लाबाट समानुपातिक तर्फबाट संविधानसभा सदस्यमा प्रतिनिधित्व गरेका थिए । –रासस

Logo