गाजा युद्धका लागि इजरायल मन्त्रिपरिषद्ले छुट्यायाे थप १५ बिलियन डलर

गाजा युद्धका लागि इजरायल मन्त्रिपरिषद्ले छुट्यायाे थप १५ बिलियन डलर


इजरायलले गाजा युद्धका लागि १५ बिलियन डलर थप खर्च गर्ने भएको छ । इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित गर्दै गाजा युद्धका लागि थप १५ बिलियन डलर खर्च गर्ने भएको हो।

इजरायलको मन्त्रिपरिषद्ले हालै पारित गरेको गाजा युद्धको प्रकाशमा थप खर्चको  १५ बिलियन बिलियन थपेर संशोधित सन २०२४ का लागि बजेट पारित गरेको इजरायली वित्त मन्त्रालयले जनाएको छ।

गाजामा जारी युद्धमा भडकिलो खर्च गर्न नहुने भन्ने केही मन्त्रीहरूको विरोधका बाबजुद संसोधनसहित १५ बिलियन डलरको बजेट पारित गरेको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मतदान अघि भने, ‘यो युद्ध बजेट हो, जसले हाम्रा रिजर्भेष्टहरू, तिनीहरूका परिवारहरू, स्व–रोजगारी र सरकारी मन्त्रालय र जनताको आवश्यकताको पनि ख्याल राख्छ।’

सो बजेट पारित गर्ने क्रममा प्रधानमन्त्री नेतान्याहुले भने,‘हामीले स्वास्थ्य बजेट पनि बढाउँदैछौं र मानसिक स्वास्थ्यको लागि एक अर्ब शेकेल थप्दैछौं, यो महत्त्वपूर्ण आवश्यकता हो। शिक्षा बजेट, कल्याणकारी बजेट, आन्तरिक सुरक्षा बजेटमा वृद्धि भएको छ तर सबैभन्दा महत्त्वपूर्ण रक्षा बजेट, जुन विजय र हाम्रो भविष्यका लागि आवश्यक छ।’ इजरायली मिडियाका अनुसार युद्ध बजेट धेरै भएको भन्दै जनताहरूले असहमति प्रकट गरिरहेका छन्। 

Logo