अफ्रिका कपः अलजेरिया र एंगोलोले अंक बाँडे

अफ्रिका कपः अलजेरिया र एंगोलोले अंक बाँडे


अफ्रिका कप अफ नेशन्समा अलजेरिया र एंगोलोले अंक बाँडेका छन्। मंगलबार बिहान सकिएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै समूह डीमा एक एक अंक लिएका हुन्।

१८ औं मिनेटमा अलजेरियाले अग्रता बनाएको थियो। अलजेरियाको लागि बगदान बोनीडेजले गोल गरेका थिए। त्यसको ५० मिनेटपछि एंगोलोका लागिअगस्टिने पेसेन्सियाले ६८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै बराबरी गरे। त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र  एक एक अंकमा चित्त बुझाए।

अफ्रिका कप अन्तर्गत आज राति पौने ८ बजे बुर्किनाफासो र मौरेटेनिया भिड्दा पौने ११ बजे ट्युनेशिया र नामेविया आमने सामने हुँनेछन्। यसैगरी राति पौने २ बजे माली र दक्षिण अफ्रिकाको खेल हुनेछ।

Logo