#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31228511965037744212122821353
नेपाल641224111747846233

मधेशवादी दलहरुको एकतादेखि तरकारी गाईलाई खुवाउँदै किसानहरुसम्म (भिडियोसहित)

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचार मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि तरंगित राजनीतिले समाजवादी पार्टी र राजपा नेपाललाई एकजुट बनाएको छ । दुई दलबीच गएराति एकताको सहमति भएको थियो ।

यसैगरि विश्वका विभिन्न देशहरुमा कार्यरत नेपाली चिकित्सकहरुले लकडाउनलाई प्रभावकारी बनाउन नेपाललाई सुझाव दिएका छन् ।

यस्तै लकडाउन लम्बिएसँगै राजधानीबाट बाहिरिनेहरुको संख्या बाक्लो छ । बुधवार भने गाउँ जानका लागि उपत्यकाको विभिन्न ठाउँबाट हिडेर जडिबुटीमा भेला भएकाहरुलाई प्रहरीले रोकेको छ ।

यता लकडाउन घोषणा गरेको एक महिना पूरा भएको छ । यसले सर्वसाधारणलाई आवतजावत गर्न मात्रै होइन कृषि उपजहरु समेत विक्रि वितरण हुन सकेका छैनन् । भक्तपुरका किसानहरुले तरकारीहरु गाईवस्तुलाई खुवाउन थालेका छन् ।

यसैगरि कोरोना भाइरसको संक्रमणसँगै स्यानिटाइजरको अभाव भएपछि नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन गर्न थालेको छ । बजारमा पाइएको स्यानिटाइजरको तुलनामा गुणस्तरीय स्यानिटाइजर उत्पादन गरिरहेको कम्पनीको दावी छ ।

हेरौं पूरा समाचार यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार