हनुमानको सिक्वेलमा राम चरणलाई प्रस्ताव

हनुमानको सिक्वेलमा राम चरणलाई प्रस्ताव


प्रशान्त बर्मा निर्देशित र तेजा सज्जा स्टारर फिल्म ‘हनुमान’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वव्यापी रुपमा एक सय करोडको आँकडा पार गरिसकेको छ। यो फिल्मका निर्माताले यसको सिक्वेल ‘जय हनुमान’को घोषणा पनि गरिसकेका छन्।

फिल्मको सिक्वेलका लागि निर्माताले साउथ सुपरस्टार राम चरणलाई प्रस्ताव गरेका छन्। उनीहरुले राम चरणले श्रीरामको भूमिका निभाउन भन्ने चाहेका छन्। हालसम्म राम चरणले यो विषयमा आधिकारिक मुख खोलेका छैनन्। राम चरणले यसअघि सुपरहिट फिल्म ‘आरआरआर’मा रामको भूमिका निर्वाह गरेका थिए।

फिल्म ‘हनुमान’ प्रशान्तको सिनेम्याटिक युनिभर्सको पहिलो भाग हो। निर्देशकले आगामी युनिभर्समा २० कथालाई जोडेर १२ सुपरहिरो निर्माण गर्ने तयारी गरिरहेका छन्। यो युनिभर्सको दोस्रो इन्स्टलमेन्ट ‘अधीरा’ हुनेछ। यो फिल्ममार्फत दक्षिण भारतका प्रख्यात निर्माता डीवीवी दनय्याका छोरा कल्याण डेब्यु गर्दैछन्।

Logo