आरएसडीसी लघुवित्तको नाफा घट्यो

आरएसडीसी लघुवित्तको नाफा घट्यो


आरएसडीसी लघुवित्तको नाफ घटेको छ। आरएसडीसी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफालगायतको प्रमुख सूचक घटेको छ। यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ।

खुद नाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ जसले गर्दा खुद नाफामा प्रभावित पारेको हो। खुद ब्याज आम्दानी १७.३२ प्रतिशतले घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ। 

यसैगरी सञ्चालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा आएको छ र खराब कर्जा १.०१ प्रतिशतले बढेर १.८२ प्रतिशत पुगेको छ।

आरएसडीसी लघुवित्तको पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ। प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ।

Logo