इरानी भूमीमा पाकिस्तानको आक्रमण

इरानी भूमीमा पाकिस्तानको आक्रमण


पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ । पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी  मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ । 

बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान–पाकिस्तान तनाव चर्किदै गएको छ । 

पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज बिहान पाकिस्तानले इरानको सिस्तान(ओ(ब्लोचिस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूमा सैन्य हमला गरेको जनाएको छ । यस कारबाहीमा धेरै आतंककारी मारिएको जनाएको छ । अपरेसनलाई ‘मार्ग बार सरमचार’नाम दिइएको थियो ।  

मृत्यु हुनेमा तीन महिला र चार बालबालिका छन् । पाकिस्तानी हवाई हमलापछि इरानको सीमावर्ती गाउँहरूमा धेरै विस्फोटको आवाज सुनिएको थियो ।

Logo