नयाँ नक्साको विरोधमा नेपालमा प्रदर्शन- भारतीय मिडिया 

नयाँ नक्साको विरोधमा नेपालमा प्रदर्शन- भारतीय मिडिया 


भारतीय संचारमाध्यम आजतकले शनिबार बिहान माइतीघरमा भएको प्रदर्शनका विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको छ । आजतकले नयाँ नक्साका विरुद्धमा काठमाडौँमा प्रदर्शन भएको भन्दै समाचार सम्प्रेषण गरेको हो  ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विरोध प्रदर्शन नगर्न आग्रह गर्दागर्दै पनि विरोध नरोकिएको समाचारमा उल्लेख छ । नेपालको नयाँ नक्सामा भारतीय भूमि समेत समेटिएको समाचारमा जनाएको छ ।

सरकारले जारी गरेको नेपालको नयाँ नक्शा अनुसार निशान छाप परिमार्जनको लागि आज दोस्रो पटक नेपालको संविधान संशोधन हुँदैछ ।

भारतले नेपाली भूभाग लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्घाटन गरेपछि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको हो ।

 

 

Logo