संविधान संशोधन विधेयकमाथि आज संसदमा मतदान हुने

संविधान संशोधन विधेयकमाथि आज संसदमा मतदान हुने


काठमाडौं । शनिबार बस्ने प्रतिनिधि सभाकाे बैठकमा नेपालको संविधान दोस्रो संशोधनको विधेयक पारित हुने भएको छ । नेपालको नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न ल्याइएकाे संविधान संशोधन विधेयक पास हुन लागेको हो ।

सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संविधान संशोधन  गर्न लागिएकाे हाे । सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका अन्य साना दलहरुले पनि बताइसकेका छन् ।

आजको संसद बैठकमा संविधान संशोधन विधेयक कार्यसूचिमा राखिएको छ । यसैले संविधान संशोधनको प्रस्तावमाथि आज नै संसदमा मतदान पनि हुँदैछ ।

Logo