#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1273388656504847332877435551
नेपाल167193882398442

कोरोनाको जोखिम सामना गर्ने रणनीति निर्माण र कार्यान्वयनमा सरकार असफल

फाइल फोटो

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वस्वास्थ मन्त्रीहरू र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग गरेको छलफलले उक्त निष्कर्ष निकालेको हो ।
कांग्रेसले र्‍यापिड डाइग्नोष्टिक टेस्ट ९आरडीटी० परीक्षणमा मात्रै भर नपर्न पनि सरकारलाई सुझाव दिएको छ। आरडीटी परीक्षणमाथि विश्वव्यापी प्रश्न उठिरहेका बेला यसको भर पर्न नसकिने भएकाले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने कांग्रेसले सरकारलाई सुझाव दिएको छ। कांग्रेसले समुदायस्तरसम्म परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष निकाल्दै यस्तो सुझाव दिएको हो।

छलफलपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले लकडाउनको समुचित उपयोग गर्न सरकार चुकेकोले आरडीटी परीक्षणको दायरा बढाउनुपर्ने निष्कर्ष छलफलले निकालेको बताए। चिकित्सकहरूका लागि अतिआवश्यक स्वास्थ्य सामग्री प्रयाप्त उपलब्ध गराउनुपर्ने, चिकित्सकहरूलाई हतोत्साहित गर्नुको सट्टा साथ दिनुपर्ने प्रवक्ता शर्माले बताए।

कांग्रेसले अस्पतालको क्षमता बढाउनुपर्ने, उपकरण औषधि र दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने र विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने सुझाव पनि सरकारलाई दिएको छ। कोरोनाले मात्रै बिरामीको मृत्यु नहुने भएकाले अन्य रोगका बिरामीको स्वास्थ्य उपचारतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए।

छलफलमा सहभागी चिकित्सक डा। केदारनरसिंह केसीले कोरोना नियन्त्रणमा सरकार पूर्णरूपमा असफल भएको बताए। कोरोना रोकथामका लागि सरकारले गरेका प्रयास प्रयाप्त नभएको, घोषणा गरेअनुसार जनताले राहत पाउन नसकेकोले सरकार पूर्णरूपमा असफल भएको निष्कर्ष छलफलले निकालेको उनले बताए।

कोरोनाको जोखिम सामना गर्ने क्रममा भएका प्रगति, कमजोरी, सरकारले गरेका काम र गर्न नसकेका कामका विषयमा छलफल गर्न पार्टी पदाधिकारी, पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरिएको हो।

कांग्रेसले कोरोना भाइरस संक्रमण नियन्त्रणका सन्दर्भमा सरकारसँग गरेका मागहरूः

लकडाउनले कोरोनासँग जुध्न वातावरण निश्चय नै निर्माण गर्‍यो तर लकडाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ। सरकारले आवश्यक गति बढाउनुपर्छ।
परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पीसीआर कै क्षमता र दायरा बढाइनु पर्दछ।
स्वास्थकर्मीहरूलाई पर्याप्त पीपीई लगायतका सामग्री अझै पनि नपुगेको स्थिती छ। यतिको समय व्यतित हुँदापनी अझै सामग्री पर्याप्त नहुँदा स्वास्थकर्मीहरू जोखिमपूर्ण ढंगले कार्य गरिरहेका छन्। तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ।
कतिपय बेला स्वास्थकर्मीहरूलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापूर्वक लिँदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ।
अस्पतालहरूको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसँगै जनशक्ति र उपकरणहरूको वृद्धिमा गति बढाउन जरुरी छ।
अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ। उपचार कठिनाइसँगै अत्यावश्यक औषधिहरूको अभाव हुँदै जाँदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ। अतः औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ।
कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुँदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गु, मलेरिया र अन्य रोगको संक्रमणसमेत भएको विवरण आएका छन्। अतः विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरूको उचित व्यवस्थापन जरुरी छ। कान्तिपुरबाट साभार

सम्बन्धित समाचारहरु

ताजा समाचार