संविधान संशोधन विधेयकमाथि आज मतदान हुने

संविधान संशोधन विधेयकमाथि आज मतदान हुने


काठमाडौं ।
शनिबार (आज) बस्ने संसद बैठकमा नेपालको संविधान दोस्रो पटक संशोधनको विधेयक पारित हुने भएको छ । नेपालको नयाँ नक्सा जारी भएसँगै निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक पास हुन लागेको हो ।

सरकारले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि संविधान संशोधन हुन लागेको हो ।

सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको सर्मथन गर्दै पक्षमा मतदान गर्ने निर्णय प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायत जनता समाजवादी पार्टीले पनि गरिसकेका छन् ।

आजको संसद बैठकमा संविधान संशोधन विधेयक कार्यसूचिमा राखिएको छ । यसैले संविधान संशोधनको प्रस्तावमाथि आज नै संसदमा मतदान पनि हुँदैछ ।

Logo