#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व575540135572729254662474208
नेपाल8864699183

यस्तो रहयो अभिनेता इरफान खानको जीवनयात्रा

कठमाडौं ।
चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षिय खानले बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरेका थिए । अहिले उनको निधनले पुरै बलिउड नै शोकमा डुबेको छ ।

इरफानको जन्म ७ जनवरी १९६७ मा राजस्थानको जयपुरमा बुवा यासीन अली खान र आमा सईदा बेगम खानको कोखबाट भएको थियो । सानैदेखि राम्रो क्रिकेट खेल्ने उनी परिवारको आर्थिक अवस्था नाजुक भएकोले अघि बढ्न सकेनन् । आमा सईदा उनलाई शिक्षक बनाउन चाहान्थिन । तर सानैदेखि विद्यालयका विभिन्न नाटकहरुमा भाग लिँदा लिँदै उनलाई अभिनय क्षेत्र नै प्यारो लाग्न थाल्यो । त्यसैले उनले राष्ट्रिय नाट्य विद्यालयबाट प्रशिक्षण लिए । यसैक्रममा २३ फेब्रुअरी १९९५ मा सोही विद्यालयमा अध्यनरत सुतपा सिकदरसंग उनको विवाह भयो ।

थिएटरबाट अभिनय यात्रा शुरु गरेका उनले मुम्बई आएपछि धारावाहिक टेलिभिजन सिरियलहरुमा काम गर्न थाले । यसैक्रममा सन् १९८८ मा उनले सलाम बम्बे नामक चलचित्रको सानो रोलबाट बलिउडमा पाइला टेके । त्यसपछि निरन्तर रुपमा अभिनय क्षेत्रमै अगाडि बढेका उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । मकबूल, पिकु, पान सिंह तोमर, बजरंगी भाइजान जस्ता चर्चित फिल्ममा अभिनय गरेका उनी जुनसुकै चरित्रमा आफुलाई ढाल्न सक्ने यथार्थपरक अभिनेताका रुपमा चिनिन्छन् ।

बलिउडमा मात्र नभई उनले हलिउडका ‘जुरासिक वर्ल्ड’, ‘लाइफ अफ पाई, द अमेजिंग स्पाईडर म्यान जस्ता सुपरहिट चलचित्रहरुमा पनि अभिनय गरेका छन् । बलिउड र हलिउडमा दमदार प्रस्तुतिको कारण उनी आफ्नो जीवनकालमा धेरै अवार्डहरुबाट पुरस्कृत भएका छन् । निकै सरल जीवन विताउन मन पराउने उनलाई सन् २०११ मा भारतको चौथो सर्वोच्च नागरिकको रुपमा सम्मानस्वरुप पद्ममा श्री अवार्डबाट समेत विभूषण गरिएको थियो

दुर्लभ किसिमको क्यान्सर न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित उनले सन् २०१८ मा पहिलोपटक आफु क्यान्सर पीडित भएको मिडियासमक्ष जानकारी दिएका थिए । दुई वर्षदेखि क्यान्सरबाट ग्रसित उनले लण्डनमा समेत उपचार गराएका थिए । गत शनिबार मात्र उनकी आमाको निधन भएको थियो । आमाको निधन पछि केहि दिन पहिले अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।

उनका २ छोराहरु छन्, सुतापा र बबील । इरफानले अभिनय गरेको पछिल्लो चलचित्र अंग्रेजी मिडियम हो । जुन चलचित्रले कोरोना भाइरसका कारण राम्रो व्यापार गर्न सकेन । उक्त चलचित्रको छायांकन गर्दा पनि उनि निकै बिरामी परेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार