#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व589978036175229608732577155
नेपाल10425850187

मुख्य सचिव रेग्मी र चेम्वर अध्यक्षबीच कोरोनाको प्रभावबारेमा छलफल

काठमाडौं ।
नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुख्य सचिव लोकदर्शन रेग्मीलाई भेट गरेका छन् ।

अध्यक्ष श्रेष्ठले सचिव रेग्मीलाई भेटेर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट नेपालको अर्थतन्त्रको बिभिन्न क्षेत्रमा परेको प्रभावबारे अर्थ मौद्रिक तथा बित्त, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य क्षेत्रलाई पुनरुत्थान नगर्न तयार गरेको लगायतका पेश गरेका छन् ।

उनले आर्थिक चलायमान गर्न लकडाउन पनि खुकुलो बनाउनु पर्ने माग गरेका छन् । अहिले काठमाडौंका मानिसलाई उपत्यका बाहिर जान दिन नहुने उनको भनाइ छ । मुख्य सचिवले रेग्मीले सुझावलाई अध्यन गरेर आउने बजेटमा छलफल गर्ने बताएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार