#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4295677611549951012620631675575
नेपाल15523384246057108334
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।आजका प्रमुख समाचारहरुमध्ये बागलुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाका परिवारले दवाडी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । बागलुङ नगरपालिका–३ की ३० वर्षीया सम्झनाले प्रहरी जवान दवाडीको नाममा ‘सुसाइड नोट’ लेख्दै गत मंगलबार आत्महत्या गरेकी थिइन् ।त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादले सचिवालय बैठकपछि नयाँ मोड लिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएसँगै नेकपाको विवादले नयाँ मोड लिएको हो ।संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विकास निर्माणका कामलाई निरन्तरता दिन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुमा आवश्यक सावधानी अपनाउँदै कामलाई निरन्तरता दिन निर्देशन दिएको हो ।त्यस्तैगरी अमेरिकी औषधि कम्पनी गिलियाड साइन्सेजले कोरोना भाइरसका लागि उपयोगी हुने औषधि तयार पारेको दावी गरेको छ । आफूले उत्पादन गरेको रेमडिसिभिरले कोरोना भाइरस संक्रमितको उपचारमा सकारात्मक काम गरेको कम्पनीले दावी गरेको हो ।गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला https://youtu.be/FIjzq7PazbY

प्रहरीको नाममा सुसाइड नोटदेखि स्वास्थ्य सामाग्री सहयोगसम्म (भिडियोसहित)

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये बागलुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाका परिवारले दवाडी विरुद्ध मुद्दा दर्ता गरेका हुन् । बागलुङ नगरपालिका–३ की ३० वर्षीया सम्झनाले प्रहरी जवान दवाडीको नाममा ‘सुसाइड नोट’ लेख्दै गत मंगलबार आत्महत्या गरेकी थिइन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवादले सचिवालय बैठकपछि नयाँ मोड लिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ल्याएसँगै नेकपाको विवादले नयाँ मोड लिएको हो ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विकास निर्माणका कामलाई निरन्तरता दिन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुमा आवश्यक सावधानी अपनाउँदै कामलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

त्यस्तैगरी अमेरिकी औषधि कम्पनी गिलियाड साइन्सेजले कोरोना भाइरसका लागि उपयोगी हुने औषधि तयार पारेको दावी गरेको छ । आफूले उत्पादन गरेको रेमडिसिभिरले कोरोना भाइरस संक्रमितको उपचारमा सकारात्मक काम गरेको कम्पनीले दावी गरेको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ दक्षिण कोरीया, चीन, हङकङ र मकाउले बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

सम्बन्धित समाचारहरु