सेञ्चुरी कमर्सियल बैंकले ३ प्रतिशत लाभांश दिने

सेञ्चुरी कमर्सियल बैंकले ३ प्रतिशत लाभांश दिने


काठमाडौं ।
सेन्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट लगानीकर्तालाई ३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कोरोनाले निम्त्याएको संकटको अवस्थामा आफ्ना लगानीकर्तालाई राहत दिन सो लाभांश वितरण गर्न लागेको बैंकले जनाएको छ ।

सेञ्चुरीले लाभांशबापत २५ करोड २४ लाख ६४ हजार १४७ रुपैयाँ वितरण गर्न लागेको हो । जसमा कर कट्टीपछि २३ करोड ९८ लाख ४० हजार ९३९ रुपैयाँ वितरण गर्ने बैंकले जनाएको छ । फागुन ३० गते कायम रहेका सेयरधनीहरुलाई अन्तरिम लाभांशको रुपमा वितरण गर्ने बैंकले जनाएको छ ।

त्यसका साथै विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बैंकको स्वीकृत प्राप्त भएको वार्षिक प्रतिवेदन, वार्षिक साधारण सभा हुन नसकेका भन्दै अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको समेत बैंकद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Logo