#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
काठमाडौं । चैत ११ गतेदेखि देश लकडाउनमा छ । यस अवधिका करिव ४० दिनमा दैनिक ज्यालादारी वर्गलाई निकै नै समस्या पारेको छ । हुन त यतिबेला सम्पन्न वर्गलाई नै कठिन भइरहेको अवस्थामा विपन्न वर्ग समस्यामा नपर्ने कुरै भएन । यहि समस्याले अधिकांश मजदूरहरु हिडेरै आफ्ना गाउँसम्म गएका छन् । गाउँ जान पनि नसक्ने र राजधानीमा खान बस्न पनि नसक्ने अवस्थामा पुगेका विपन्न वर्गका लागि यतिबेला राजधानीका विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।यस्तैमा जोडिएका छन्, चलचित्र निर्माता सुमित मैनाली । उनले गएको हप्ताको शुक्रबारबाट विपन्न वर्गका लागि निजी खर्चमा निःशुल्क खाना खुवाउने अभियान शुरु गरेका हुन् । हरेक दिन चार सय जनाका लागि निःशुल्क भोजनको लक्ष्य लिएर शुरु गरिएको अभियानमा दैनिक ७ सय भन्दा धेरै मानिसहरुले खाना खाएका छन् । दिउसो ४ः३० बजेदेखि ६ः३० बजेसम्म मेघा पार्टी प्यालेस, बसुन्धरामा यसरी निःशुल्क खाना खुवाउने गरिएको छ । विहिबारसम्म ५ हजार २ सय जनाले खाना खाएका छन् । खाना खुवाउनका लागि दैनिक करिव ६५ हजार खर्च हुने गरेको उनले बताए ।'अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्ने उद्देश्यले शुरु गरिएको हो ।' उनले भने, 'आपत विपतमा सहयोग गर्नु मानविय धर्म पनि हो ।' यसको जानकारी उनले आफ्नो सामाजिक संजालमार्फत दिने गरेका छन् । हरेका दिनको अपडेट राख्दै उनले कोही व्यक्ति खान नपाएर समस्यामा परेको भए खबर गरिदिन पनि अनुरोध गरेका छन् ।एक हप्ताको समयसम्म खाना खान आउने सबै विपन्न वर्गका मात्र नभएपछि आजदेखि मैनालीले यसलाई फरक ढंगले संचालन गर्ने तयारी गरेका छन् । सम्बन्धित टोलमै पुगेर त्यहाँका जनप्रतिनिधीसँग समन्वय गरि खाना खुवाउने उनले बताए । यसका लागि आज र भोलि ठाउँ तय गरि पुनः यो अभियानलाई निरन्तरता दिइने बताइएको छ ।चामलका बोरा दिनु भन्दा खाना दिए पकाउने समस्या नहुने भएकाले यस्तो अभियान शुरु गरिएको मैनालीले बताएका छन् । यसरी खाना खुवाउँदा सामाजिक दूरि कायम गर्ने गरिएको हुँदा खासै समस्या पनि नपर्ने मैनालीले बताए ।निर्माता मैनाली दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्यूज सिनेमा, लूक्स यूनिसेक्स सलून तथा ओएसिस क्याफेका सञ्चालक समेत हुन् । 'बिपदको समयमा मन, बचन र कर्मले मानवसेवा गर्न पाउँदा आफूले आफूलाई गौरवान्वित र भाग्यमानी महसुस गरेको छु', उनले भनेका छन् । लकडाउन रहँदासम्म विपन्नलाई खाना खुवाउने अभियानलाई निरन्तरता दिइने उनले केन्द्रबिन्दुलाई बताए ।

लकडाउनले समस्यामा परेका विपन्नलाई निःशुल्क खाना खुवाउँदै निर्माता मैनाली

काठमाडौं ।
चैत ११ गतेदेखि देश लकडाउनमा छ । यस अवधिका करिव ४० दिनमा दैनिक ज्यालादारी वर्गलाई निकै नै समस्या पारेको छ । हुन त यतिबेला सम्पन्न वर्गलाई नै कठिन भइरहेको अवस्थामा विपन्न वर्ग समस्यामा नपर्ने कुरै भएन । यहि समस्याले अधिकांश मजदूरहरु हिडेरै आफ्ना गाउँसम्म गएका छन् । गाउँ जान पनि नसक्ने र राजधानीमा खान बस्न पनि नसक्ने अवस्थामा पुगेका विपन्न वर्गका लागि यतिबेला राजधानीका विभिन्न ठाउँमा निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ ।

यस्तैमा जोडिएका छन्, चलचित्र निर्माता सुमित मैनाली । उनले गएको हप्ताको शुक्रबारबाट विपन्न वर्गका लागि निजी खर्चमा निःशुल्क खाना खुवाउने अभियान शुरु गरेका हुन् । हरेक दिन चार सय जनाका लागि निःशुल्क भोजनको लक्ष्य लिएर शुरु गरिएको अभियानमा दैनिक ७ सय भन्दा धेरै मानिसहरुले खाना खाएका छन् । दिउसो ४ः३० बजेदेखि ६ः३० बजेसम्म मेघा पार्टी प्यालेस, बसुन्धरामा यसरी निःशुल्क खाना खुवाउने गरिएको छ । विहिबारसम्म ५ हजार २ सय जनाले खाना खाएका छन् । खाना खुवाउनका लागि दैनिक करिव ६५ हजार खर्च हुने गरेको उनले बताए ।

‘अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्ने उद्देश्यले शुरु गरिएको हो ।’ उनले भने, ‘आपत विपतमा सहयोग गर्नु मानविय धर्म पनि हो ।’ यसको जानकारी उनले आफ्नो सामाजिक संजालमार्फत दिने गरेका छन् । हरेका दिनको अपडेट राख्दै उनले कोही व्यक्ति खान नपाएर समस्यामा परेको भए खबर गरिदिन पनि अनुरोध गरेका छन् ।

एक हप्ताको समयसम्म खाना खान आउने सबै विपन्न वर्गका मात्र नभएपछि आजदेखि मैनालीले यसलाई फरक ढंगले संचालन गर्ने तयारी गरेका छन् । सम्बन्धित टोलमै पुगेर त्यहाँका जनप्रतिनिधीसँग समन्वय गरि खाना खुवाउने उनले बताए । यसका लागि आज र भोलि ठाउँ तय गरि पुनः यो अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

चामलका बोरा दिनु भन्दा खाना दिए पकाउने समस्या नहुने भएकाले यस्तो अभियान शुरु गरिएको मैनालीले बताएका छन् । यसरी खाना खुवाउँदा सामाजिक दूरि कायम गर्ने गरिएको हुँदा खासै समस्या पनि नपर्ने मैनालीले बताए ।

निर्माता मैनाली दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्यूज सिनेमा, लूक्स यूनिसेक्स सलून तथा ओएसिस क्याफेका सञ्चालक समेत हुन् । ‘बिपदको समयमा मन, बचन र कर्मले मानवसेवा गर्न पाउँदा आफूले आफूलाई गौरवान्वित र भाग्यमानी महसुस गरेको छु’, उनले भनेका छन् । लकडाउन रहँदासम्म विपन्नलाई खाना खुवाउने अभियानलाई निरन्तरता दिइने उनले केन्द्रबिन्दुलाई बताए ।

सम्बन्धित समाचारहरु