नेपालमा थपिए २५० कोरोना संक्रमित, कूल संख्या ४,६१४ पुग्यो

नेपालमा थपिए २५० कोरोना संक्रमित, कूल संख्या ४,६१४ पुग्यो


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । बिहिबार मात्रै  २ सय ५० जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार नयाँ संक्रमितमध्ये २ सय ३० जना पुरुष र २० जना महिला रहेका छन् । विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३, नारायणी अस्पतालमा गरिएको परीक्षणमा रौतहटका ३, हेटाैंडामा गरिएको परीक्षणमा बाराका ७ र धादिङका ७ जनामा संक्रमण देखिएको छ । यस्तै जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण पुष्टि भएको छ । भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ९, कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका ३, राप्ती अस्पतालमा गरिएको परीक्षणमा दाङका ८, भेरी अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण देखिएको छ ।

यस्तै सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ४८, सुर्खेतका ७, रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको छ । सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ जना तथा धुलिखेल अस्पतालमा गरिएकोे परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ । बिहिबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

त्यस्तैगरी बिहिबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडीटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ परीक्षण गरिएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडीटी ५ हजार २ सय ६३ नमुना परीक्षण गरिएको छ । अहिले देशभरीका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जनाले उपचार गराइरहेका छन् । भने देशभरी १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।

Logo