गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मेरो देश नमरोस्’ सार्वजनिक (भिडियोसहित)

गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मेरो देश नमरोस्’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।
गायक शिव परियारको आवाजमा नयँ गीत ‘मेरो देश नमरोस्’ सार्वजनिक गरिएको छ।

देशमा सीमा विवाद र राष्ट्रियताको आवाज चुलिएका बेला राष्ट्रभाव युक्त गीत बजारमा ल्याइएको हो । सार्वजनिक गीतमा भोजराज घिमिरेका राष्ट्रभक्तिले ओतप्रोत शब्दमा गायक परियारकै सङ्गीत सुन्न सकिन्छ । गीतमा किरण कँडेलेको एरेन्ज रहेको छ।

नेपाली वेबसाइट युट्युव च्यानल मार्फत् सार्वजनिक गरिएको गीतका रेकर्डिस शम्भु तण्डुकार हुन् भने गीतमा महेश्वरमान राज भण्डारीको ‘मिक्सिङ एण्ड मास्टरिङ’ रहेको छ । गीतको भिडियो राजेश शाहले बनाएका हुन् । गीतकार घिमिरेले दशवर्ष अघि रेकर्ड गरिएको गजल अहिले समसामयिक भएकाले युट्युबमार्फत् सार्वजनिक गरिएको हो । भिडियो :

Logo