#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590025036176329613142577173
नेपाल10425850187

सभामुखद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल

काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै पूर्वतयारी गर्न निर्देशन दिएका थिए ।

सङ्घीय संसद् सचिवालयले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले सङ्घीय संसद् भवनमा वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाइ व्यवस्थापन गरिरहेको जनाएको छ ।

वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले सङ्घीय संसद् भवनको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो । टोलीले सांसदहरुका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एकजना सांसदले बोलिसकेपछि स्यानिटाइज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउने लगायतका सुझाव दिएको थियो ।

यसैबीच सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुवै सदनको छैठौं अधिवेशन वैशाख २६ गतेदेखि शुरु हुँदैछ । नेपालको संविधान अनुसार, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बर्षे अधिवेशन आगामी शुक्रबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी आह्वान गरेकी हुन् । सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सूचना जारी गरेको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार