#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व334958411005118768581624804907
नेपाल747454811962454640

सुदूरपश्चिम प्रदेश : कोभिड-१९ को रोकथामबारे छलफल

फाइल फोटो

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा रहेको प्रदेश सङ्कट व्यवस्थापन केन्द्रले कोभिड-१९ को रोकथामलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने उपायका बारेमा छलफल गरेको छ । मुख्यमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रको बैठकमा कोभिड—१९ को रोकथामका लागि आजसम्म भए गरेका कार्यहरूको समीक्षा गर्दै आगामी दिनमा रोकथामका लागि थप प्रभावकारी कार्य गर्न अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

सङ्कट व्यवस्थापन केन्द्रले कसैलाई कोभिड-१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी कुनै समस्या, सुझाव वा गुनासो भएमा निःशुल्क हटलाइन ११४८ मा टिपाउन अनुरोध गरेको छ ।

आजसम्म सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडिटी पद्धतिबाट जम्मा १७ हजार १८ जना शङ्कास्पद व्यक्तिको नमूना जाँच गरिएको छ । पिसिआर पद्धतिबाट सङ्कलन भएको शङ्कास्पद दुई हजार ८९५ को थ्रोट स्वाबको नमूनामध्ये दुई हजार ८८२ को जाँच हुँदा दुई हजार ८७७ को नमूना नेगेटिभ आएको छ । यसमा पाँचजनामा यसअघि नै कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो । तेह्र नमूनाको नतिजा आउन बाँकी छ ।

सङ्क्रमितमध्ये चारजना कोरोना पोजेटिभ निको भई अस्पतालबाट ‘डिस्चार्ज भइसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत सङ्क्रमित एकजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । आरडिटी पद्धतिबाट आजसम्म १४ हजार १३६ को नमूना परीक्षण भएकामा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयका सूचना अधिकारी खड्काले जानकारी दिए ।

आरडिटी पद्धतिका लागि चाहिने पाँच हजार १९५ किट विभिन्न जिल्लामा मौज्दात रहेको जनाइएको छ । यस्तै थ्रोट स्वाबको नमूना सङ्कलनका लागि प्रयोग हुने सामग्री (भिटिएम) जिल्लाहरूमा ५४४ वटा र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ९७१ वटा मौज्दात रहेको छ ।

प्रदेशका क्वारेन्टाइनमा तीन हजार ५७२ व्यक्ति बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेशनमा तीन जना रहेका छन् । आइसोलेशनबाट हालसम्म ११८ जना उपचारपछि घर फर्किएका छन् । सुदूरपश्चिम प्रदेशमा वैशाख १ गते यता कोरोना सङ्क्रमणको दर स्थिर अवस्थामा छ ।

प्रदेशमा कोभिड—१९को ‘डेडिकेटेड’ अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका अनुसार गएको चैत्र ३० गतेसम्म कोरोना सङ्क्रमित चार जना उपचाररत रहेकामा र वैशाख १ गते एक जना सङ्क्रमित थपिएका थिए । त्यसयता अस्पतालमा कोरोना सङ्क्रमित आएका छैनन् ।रासस

सम्बन्धित समाचारहरु