नयाँ बानेश्वरका २ औषधि पसललाई दुईलाख जरिवाना

नयाँ बानेश्वरका २ औषधि पसललाई दुईलाख जरिवाना


काठमाडौं ।
बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई आज कारवाही गरिएको छ ।

बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल रु दुई/दुई लाख जरिवाना गरिएको हो ।

उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

Skip This
Logo