#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657354038804130149943170505
नेपाल230092013278

कविता : चामल तिमीलाई सलाम !

  • सुवास रेग्मी

तिमी मोटो छौ, तिमी पातलो छौ !
तिमी मसीना छौ, अनि जिरा पनि
राधाप्यारी देखी लिएर मन्सुलि जर्नेलि सम्म !
अनदी नामधारी अनि बुढो र बुढी पनि
सयौं नाम र ब्रान्ड छन् तिम्रा,
चामल तिमीलाई सलाम !!

गरिबका घरमा तिमी आऊन दशैं आऊन पर्छ भन्छन् तर,
भुईंचालोमा जाँड बन्यौ तिमी !
कोरोनामा पनि त्यही छाँट छ !!
समाजसेवी राहतसेवी सबैको गहना तिमी !
अहीलेका सेल्फी र फोटाहरूमा
छ्याकन हान्ने चन्देदेखि बिल मीलाऊने कृतेसम्म !!
तिमीलाई बोकी हिंडिरहेछन !
चामल तिमीलाई सलाम !!

कतै मुन्छे रूवाउँदै युटुबे बुङ्गाहरू बोल्दै गर्दा !
तिमी यति किलो र उति बोरामा गनिन्छौ !!
लकडाउन होस् वा कर्फ्यू किन नहोस्,
तिमी हिंड्न तिमी डुल्न र तिमी रमाउन सक्छौ !
तिमी कानूनभन्दा माथि, तिमी सबैको साथी !!
चामल तिमीलाई सलाम !!

तिमीलाई बोकी हिड्ने भरियाहरू !
तिमीलाई किनीदिने दाताहरू !!
तिमीलाई बाँडी लिने कथित पीडितहरू !
सबै सबैको अस्तित्व तिमी सँग मात्र छ
राजनीतिकर्मी होस् वा सरकारको निकाय !!
सबैले तिमीलाई नै झिकाए, तिम्रै नाम बिकाए !
चामल तिमीलाई सलाम !!

कस्ले, कति ? कसरी ? तिमी लाई रिझाउनी
तिम्रै नाम भजाउनी र तिमीलाई नै बिकाउनी !
तिमीलाई बोकि हिड्ने,
तिमीलाई बाँडी हिड्ने !
तिमीलाई रूदै लिने,
तिमीलाई हाँस्दै दिने !!
सबै सबैको अनुहार निहाल्दै !
सबै जनका भान्छा भान्छा पूगी,
राजादेखि रैतीसम्मको शौचालय भरिने,
चामल तिमीलाई सलाम !!

जय चामल ! जय चामल !! जय चामल !!!

सम्बन्धित समाचारहरु

ताजा समाचार